बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा लेनदेन विवादले रोकिएको भारतीय ट्रक ८ दिनपछि फर्किएको छ । प्राप्त सूचना अनुसार शुक्रवार साँझ ८ बजे ट्रक भारत फर्किएको हो ।
बिर्तामोडस्थित कृषिथोकका व्यापारी खगेन्द्र महतोको टमाटर लिएर आएको भारतीय ट्रक लेनदेन विवादले रोकिएको थियो । भाडामा टमाटर लिएर आएको ट्रकको भन्सार पास खोसिएपछि फर्किन पाएको थिएन ।
व्यापारी महतोका अनुसार कारोवार मिलाउने प्रतिवद्धतापछि ट्रकलाई फिर्ता पठाइएको हो । उनले आफूले कारोवार गरेको व्यक्तिबाट भुक्तानी हुने बचन पाएपछि ट्रक फर्काइएको जानकारी दिए । आफूले मगाएको सामान सोही ट्रान्सपोर्टको अर्को गाडिले भारतमै बेचेपछि आफ्नो लगानी फिर्ता हुनुपर्ने महतोको माग थियो ।
उनले भने, मैले जोसँग सामान मगाउन पैसा पठाए, उसैले ट्रक रोकेर पैसा उठाउनुपर्ने सल्लाह दिएपछि रोकिएको हो । काक्राका लागि उनले भारु ३ लाख १८ हजार रुपैयाँ पठाएका थिए । सबै हिसाव गर्दा २ लाख २७ हजार ९ सय ५९ रुपैयाँ फिर्ता पाउनुपर्छ । उक्त रकम फिर्ता गरिदिने भनेपछि गाडि पठाइएको छ, उनले भने ।







प्रतिक्रिया