बिर्तामोड

बिर्तामोडमा ४२ जनाले गरे रक्तदान

बिर्तामोडमा ४२ जनाले गरे रक्तदान


बिर्तामोड । नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् ।

झापामा रगतको अभाव बढ्दै गइरहेका बेला महासंको नगर कमिटीले बिर्तामोडमा रक्तदान आयोजना गरेको हो । रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीका अध्यक्ष युवराज निरौलाले जानकारी दिए ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो ।

शेयर गर्नुहोस :

405
Shares