बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा टमाटर लिएर आएको भारतीय ट्रक ८ दिनदेखि फर्किन पाएको छैन । व्यापारीबीचको लेनदेनले ट्रकको भन्सार पास खोसिएपछि ट्रक फर्किन नपाएको चालक योगेन्द्र सिंहले जानकारी दिए ।

अक्टोबर १४ तारिखमा बिर्तामोड आएको ट्रक फर्किन नपाएपछि चालकहरुले फर्किने वातावरण बनाइदिन आग्रह गरेका छन् । कृषिथोक बजारमा आठ दिनदेखि बसिरहेको ट्रक तीन दिनका लागि यहाँ आएको थियो । ट्रकले टमाटर लिएर आएको हो, चाकल सिंह भन्छन् – व्यापारीबीचको लेनदेनसँग हाम्रो कुनै सरोकार छैन । हामी भाडामा टमाटर लिएर आएका हौं, हामीलाई किन रोक्नु ? टमाटर निकालेर कागज खोस्ने काम भएको उनको भनाई छ । व्यापारीहरुको बीचमा भएको कारोवार बारे आफूहरुलाई थाहा समेत नभएको बताए । चालक सिंहले कागज र भाडा दिन अनुरोध गरेका छन् ।
फर्किने कागज नै खोसिएपछि अब उप्रान्त नेपालमा सामान बोकेर आउन नसकिने चालकको गुनासो छ । उत्तर प्रदेशको ट्रकले छत्तिसगडबाट बिर्तामोडस्थित खगेन्द्र महतोको टमाटर लिएको आएको बुझिएको छ ।
यस बारे महतोले ट्रक आफ्नो कारण नरोकिएको स्पष्ट पारेका छन् । उनले आफूले मगाएको सामान सोही ट्रान्सपोर्टको अर्को गाडिले भारतमै बेचेपछि आफ्नो लगानी फिर्ता हुनुपर्ने माग राखेका छन् । उनले भने, मैले जोसँग सामान मगाउन पैसा पठाए, उसैले ट्रक पठाएपछि पैसा उठाउन समस्या हुने बताएको जानकारी दिए । ट्रक फर्किएमा मेरो पैसा फिर्ता ल्याउन कठिन हुने हुँदा ट्रक राखिएको हो । महतोका अनुसार काक्राका लागि भारु ३ लाख १८ हजार रुपैयाँ पठाइएको थियो । सबै हिसाव गर्दा २ लाख २७ हजार ९ सय ५९ रुपैयाँ फिर्ता पाउनुपर्छ ।
व्यापारीबीचको लेनदेनले रोकिएको ट्रकका कारण चालकसहित दुई जना कर्मचारीलाई दैनिक खर्च धान्न समस्या भइरहेको छ । उनीहरुले फर्किदा फाइन समेत बुझाउने पर्ने जानकारी दिएका छन् ।
महतोले कारोबार गरेको व्यक्तिसँग सम्पर्क गर्दा फोन उठेन ।







प्रतिक्रिया