भद्रपुरमा म्याद गुज्रिएका र अखाद्य वस्तु जफत

रोहित काफ्ले भद्रपुर । आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै भद्रपुर नगरपालिकाले बजार अनुगमनलाई प्राथमिकता दिएको छ । आर्थिक वर्ष ०८०-०८१ को सुरुदेखि नै नगरपालिकाले बजार अनुगमन गर्न थालेको छ । नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक राधा कार्कीको नेतृत्वमा सरोकारवाला सरकारी निकायका प्रतिनिधिहरुसमेतको टोलीले तीन दिनसम्म गरेको बजार अनुगमनका क्रममा उल्लेख्य मात्रामा म्याद गुज्रिएका तथा…