नक्कली नम्बर प्लेटका सवारी मेची भन्सार बुझाइयो

झापा । झापा प्रहरीले नक्कली नम्बर प्लेट लगाएर चलाइरहेका चोरीका एउटा बोलेरो पिकअप र ६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ती सवारीसाधनहरूलाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पिकअपलाई १३ लाख र मोटरसाइकलहरूलाई ६ लाख गरी १९ लाख रुपैयाँ मूल्याङ्कन तोकेर भन्सार बुझाइसकेको प्रहरीले जनाएको छ…