बथानबाट एक्लिएको छावाको बाहुनडाँगीबाट उद्धार

झापा । बथानबाट एक्लिएको हात्तीको एउटा छावालाई सोमवार मेचीनगरबाट उद्धार गरिएको छ । भारतबाट आइतबार नेपाल पसेको करिब आठ महिनाको सो छावा मेचीनगरको वडा नं ४, ६ र ७ का विभिन्न स्थानमा डुल्ने गरेको थियो । वन कर्मचारी र स्थानीय बासिन्दाले सो छावालाई मेचीनगर–७ गोमनसरीबाट नियन्त्रणमा लिएर मेचीनगर–४ स्थित दशगजामा भारतीय वन कार्यालयका कर्मचारीलाई बुझाएका…