मेचीनगरमा खेलकुद महोत्सव मेचीनगर । १२ औँ गणतन्त्र दिवसको अवसर पारेर झापाको मेचीनगरमा शुरु प्रथम मेचीनगर खेलकुद महोत्सव अन्तर्गत बिहीबार छात्र तथा छात्रातर्फको फुटवल प्रतियोगिता शुरु भएको छ । काँकरभिट्टा माविको खेलमैदानमा भएको फुटबल प्रतियोगितामा छात्रतर्फ इष्ट होराईजन मावि, धुलावारी मावि, सुर्र्याेदय मावि, पारिजात अंग्रेजी मावि, होली वेल अंग्रेजी विद्यालय, श्री भानु मावि विजयी भएका…