आरती आक्रमण प्रकरण : दुई जना जेल चलान

बिर्तामोड । ज्यान मार्ने गरी महिलामाथि हमला गर्ने दुई जनालाई जिल्ला अदालत झापाले पूर्पक्षका लागि थुनामा पठाएको छ । गत जेठ ८ गते मेचीनगर १० कि आरती चौहान बुढाथोकीलाई टाउकोमा हतियार प्रयोग गरी गम्भीर घाइते बनाउने मेचीनगर १० का ३५ वर्षीय सुरज श्रेष्ठ र ३१ वर्षीय नवराज गिरीलाई ज्यान मार्ने उधोग तथा डाका गरेको मुद्दामा…