बिर्तामोड-प्रहरी चौकी पथरियाले हरिणको छालासहित आज दुई जनालाई पक्राउ गरेको छ । कचनकवल गाउँपालिका-३ का लुखिराम हस्दा र सुमन टुडु पक्राउ परेका हुन् । हरिणको छालासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले दुई जनालाई पक्राउ गरी डिभिजन वन कार्यालयमा बुझाउने तयारी भइरहेको बताउनुभयो । नजिकैको…