आज देखि उपत्यकामा सार्वजनिक बस सञ्चालन हुने

काठमाडौं - कोरोना महामारीका कारण भएको लक डाउनका कारण दुई महिनापछि आजदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक बस सञ्चालन भएका छन्। कोरोनाको संक्रमण घट्दै गएका कारण खाद्य पसल पनि बिहान ६ बजेदेखि र अन्य पसल बिहान ११ बजेदेखि दिनभर खोल्न पाइनेछ। हिजो उपत्यकाका तनिवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा यही असार २१…