विर्तामोडले बाल विकासदेखी कक्षा ५ सम्मका विधार्थीलाई निशुल्क पोशाक दिने

विर्तामोड । विर्तामोड नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । यसअघिका कार्यक्रममा पूर्वाधार विकाससँगै शिक्षालाई प्राथमिकतमा राख्दै आएको नगरपालिकाले यो वर्षको कार्यक्रममा शिक्षालाई प्राथमिकता दिएको हो । ‘बालमैत्री , पूर्ण सरसफाई एवम् प्रविधिमैत्री सिकाईको सिर्जना, आचरणयुक्त तथा जीवनोपयोगी शिक्षाको परिकल्पना’ नारामा शिक्षाका कार्यक्रम समेटिएका छन् । नीति…