विष्णुप्रसाद पोखरेल दमक । झापामा पहिलो पटक मकै र धान सुकाउने मेसिन सञ्चालनमा ल्याइएको छ । मकै जोन क्षेत्रका किसानको मकै तथा चैते धान थन्याउने समयमा हुने क्षति कम गरी आम्दानी बढाउने उद्देश्यले प्रदेश सरकारको लागत साझेदारीमा यो मेसिन कनकाई नगरपालिकामा भित्र्याइएको हो । आदर्श एग्रो प्रालि कनकाई नगरपालिका–५ ले उक्त ड्रायर प्रयोगमा ल्याएको हो ।…