विर्तामोड । झापाको विएण्डसी अस्पतालमा आज पनि २ जना कोरोना संक्रमितलाई उपचारका लागि हेलिकप्टरबाट विर्तामोड ल्याइएको छ । आज नेपालगञ्जका ६१ वर्षीय प्रेम कुमार सोनी र ओखलढुङगाका ५५ वर्षीय नरनाथ फुयाँललाई ल्याइएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । भेन्टिलेटरको सुविधा भएका कारण देशका विभिन्न भागबाट १५ जना कोभिड संक्रमितलाई उपचारका ल्याइसकिएको छ ।…