काठमाडौँ - नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले नेकपाबाट एउटा गुट अलग भएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् । थापाले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन केपी शर्मा ओलीलाई आफूले साथ दिएको बताएका छन् । 'प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ । चुनावमा गएर फुटवादी, अवसरवादी…