प्रतिनिधिसभा विघटन बारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको बिरुद्धमा सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । संसद बिघटनको बिरोधमा सर्वोच्चमा १२ रिट परेकोमा एउटा संवैधानिक इजलासमा पठाइएको छ । ११ वटा रिटको पेशी आजलाई तोकिएको छ । संवैधानिक इजलासको पेशी शुक्रबारका लागि तोकिएको छ । प्रतिनिधिसभा विघटनलाई मान्यता…