काठमाडौं- गृहमन्त्री खगराज अधिकारीले प्रहरीलाई उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिनुभएको छ । आज प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुग्नुभएका अधिकारीले प्रहरी कर्मचारीलाई जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शीरमा राखेर अगाडि बढ्न निर्देशन दिनुभएको हो । गृहमन्त्री अधिकारीले उपस्थित प्रहरी अधिकृत तथा जवान एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी प्रमुखहरूलाई निर्देशन सम्बोधन…