इटहरीमा पाँच सय शैयाको अस्पताल निर्माणको तयारी

सुनसरी । इटहरीमा पाँच सय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्वारा आयोजित सरोकारवाला सबै पक्ष उपस्थित बैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो । समितिका सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम,याम सुब्बा,इश्वर भट्टराई, हेमकर्ण पौडेल, रोहित प्रसाई, हेम घिमिरे, भीम पौडेल, धु्रव…