कोरोनाका कारण छ महिनादेखि रोकिएको श्रम स्वीकृति खुल्यो

झापा । सरकारले श्रम स्वीकृति खुला गरेको छ । कोरोनाको जोखिमका कारण झन्डै छ महिनादेखि श्रम स्वीकृति रोकिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले रोकिएको श्रम स्वीकृति खुलेको स्पष्ट पार्नुभयो । मन्त्री यादवले कोभिड–१९ को जोखिम कम भएका, सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गरिएको जानकारी…