झापा । एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेलाई कुटपिट र जातीय विभेद गर्ने दोषीमाथि कानूनी कारवाहीको माग गर्दै यहाँका दलित अधिकारवादी सङ्घसंस्था आन्दोलित भएका छन् । संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिले आज मेचीनगरमा पत्रकार सम्मेलन गरी पीडितलाई न्याय र पीडकलाई सजाय दिलाएरै छाड्ने प्रतिबद्धता जनाएको छ । राष्ट्रिय खेलकूदमा एथ्लेटिक्सकी स्वर्ण पदक विजेता चन्द्रकला र…