बिर्तामोडको हेवन पार्कमा ‘भ्यालेन्टाइन वीक फेस्टिवल’

विर्तामोड । हेवन वाटर पार्क बिर्तामोडले भ्यालेन्टाइनको अवसर पारेर ‘भ्यालेन्टाइन वीक फेस्टिवल’ गर्ने भएको छ । फेस्टिवलका लागि आवश्यक तयारी भइसकेको पार्कका सञ्चालक नेपालरत्न शिवाकोटीले जानकारी दिए । भ्यालेन्टाइनलाई विशेष बनाउँदै पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने उदेश्यले फेब्रुअरी महिनाको १२,१३ र १४ तारिखका दिन बहुचर्चि राष्ट्रिय कलाकारहरुबाट सांगितीक कार्यक्रमको आयोजना गरिएको शिवाकोटीले जानकारी दिए ।…