काठमाडौं : घरेलु कामदारका रूपमा भारतहुँदै खाडी मुलुक जान लागेका २१ महिलाको उद्धार गरिएको छ। लकडाउनको अवधिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाली महिलालाई स्वदेश फर्काएको हो। २१ मध्ये २० जनालाई परिवारसँग पुनर्मिलन गराइएको मन्त्रालयले जनाएको छ। कैलाली, दाङ, पर्वत, झापा, मोरङ, महोत्तरी, काभ्रेलगायतका जिल्लाका महिलाको उद्धार गरिएको मन्त्रालयकी उपसचिव गोमादेवी ढकालले बताइन्। गत मंसिरमा…