स्वास्थ्य बीमा बोर्डद्वारा बिएण्डसीको निरीक्षण, आइबारबाट बिमितहरुको उपचार गर्ने सहमति

बिर्तामोड । स्वास्थ्य बीमा बोर्ड प्रदेश १ को कार्यलयले बिएण्डसी अस्पतालको निरीक्षण गरेको छ । बिमितको उपचार रोकेको सूचनापछि प्रदेश कार्यालयका प्रमुख दुर्गा प्रसाद आचार्यको टोलीले आज अस्पतालको निरीक्षण गरेको हो । भुक्तानी बाँकी रहेको सूचना टाँसेर अस्पतालले सेवा रोकेको एकदिन पछि प्रदेशले निरीक्षण गरेको छ । अस्पताल पुगेको टोलीले सेवा सुचारु भएको जनाएको छ…