बिर्तामोड । झापाका ६ जना सहित आज देशभर थप ४२१ जनामा कोभिड - १९ पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य कार्यलय झापाका अनुसार आज संक्रमण पुष्टि भएकाहरुमध्ये कनकाईमा १ महिला, अर्जुनधारामा २ महिला १ पुरुष र मेचीनगरमा २ पुरुष रहेका छन् ।