झापा, ४ कात्तिक । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य देवेन्द्र दाहालले उच्च मनोबलका साथ पार्टी काममा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । मंगलबार झापाको विर्तामोडस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपछि नेता दाहालले संविधान र लोकतान्त्रिक उपलब्धिको रक्षा एमालेले नै गर्नुपर्ने पनि बताए । अहिलेको सरकार असंवैधानिक रहेको दाबी गर्दै उनले जनताको बीचमा गएर सृजना गरिएका भ्रमहरु चिर्न…