सलह नेपाल आउने सम्भावना न्यून

काठमाडौँ । यतिबेला आम मानिसबीच कोरोना भाइरसबाहेक अर्को एउटा जैविक जीव सलहको चर्चा निकै छ । अफ्रिकाको केन्या, इथियोपिया, सोमालिया, सुडान, पाकिस्तान पसेको सलह यतिबेला भारत आइपुगेको छ । करोडौँको हुलमा रहेको सलहले त्यहाँको बाली खाइरहेका छन् । यो कीरा नेपाल आइपुग्छ ? कृषिप्रधान देश नेपालको बालीनाली कति नष्ट गर्छ ? सबैको चासोको विषय बनेको छ…