काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाबाट संक्रमण हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। योसँगै संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ हजार २ सय ९ जनाको पिसिआर परीक्षण गर्दा ३४३९ जनालाई संक्रमण देखिएको जानकारी दिए। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६८४ जनामा…