काठमाडाैँ । निजी स्वास्थ्य संस्थार्माफत कोभिड १९ को परीक्षण शुल्कबारे चलिरहेको हल्ला गलत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको सशुल्क परीक्षणको हालसम्म दररेट तोकिनसकेको मन्त्रालयका सूचना तथा सञ्चार संयाेजक डा. गुणराज लोहनीले एक विज्ञप्तिमार्फत स्पष्ट पार्नुभएको छ । विभिन्न अनलाइन मिडियाहरुले निजी संस्थाबाट परीक्षण गराउन १५ हजार रुपियाँ शुल्क तोकिएको भनी समाचार सम्प्रेषण…