गण्डकी, ८ मङ्सिर - पच्चीसौँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आगामी माघमा आयोजना हुने भएको छ । प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घबाट माघ २७ देखि फागुन ९ गतेसम्मको समय तालिका प्राप्त भएको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । राष्ट्रिय-अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित उक्त प्रतियोगिताको तयारी…