केर्खा चौकीमा हाम्रो नेपाल साकोसको सहयोग

बिर्तामोड - झापाको बिर्तामोडस्थित हाम्रो नेपाल साकोसले गत भदौमा जेन्जी आन्दोलनका कारण क्षतिग्रस्त बनेको प्रहरी चौकी केर्खालाई राहत सहयोग हस्तान्तरण गरेको छ । शुक्रवार संस्थाको केर्खा सेवा केन्द्रमा आयोजित कार्यक्रममा साकोसले प्रहरी चौकीको सेवा सहज रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले विद्युतीय सामग्रीहरू हस्तान्तरण गरेको हो । साकोसको केर्खा सेवा केन्द्र सञ्चालन उपसमितिका संयोजक सरस्वता…