बिर्तामोड । झापा मेचीनगरका १४ जना पुरुषसहित नेपालमा थप ७४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पीसीआर परीक्षण गरिएको थियो । आज संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार २ सय ५१ पुगेको छ ।