बिर्तामोड । इलाका प्रहरी कार्यालय झिलझिलेले ४ केजी गाँजासहित ६४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । मंगलवार राती कमल गाउँपालिका –१ पाँचगाछीबाट प्रहरीले बृद्ध अकालु साहको घरमा लुकाई राखेको गाँजा सहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले साहको घरबाट १४ हजार ६ सय ४८ रुपैयाँ नगद र एक थान चिलिम…