लागुऔषसहित प्रहरी जवान पक्राउ

मोरङ, १३ माघ । भारतको जोगवनीबाट ल्याउँदै गरेको लागुऔषधसहित एक जना प्रहरी जवान विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीले धनकुटाको पाख्रिबास–१४ घर भएका २३ वर्षीय प्रहरी जवान सरोज गिरीलाई पक्राउ गरेको हो । पैदल हिंडिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेक गर्ने क्रममा उनले लगाएको ज्याकेटको गोजीबाट एक सय ४४ ट्याब्लेट स्पास्मो प्रोक्सिभन नामक लागुऔषध…