काँकरभिट्टा । नेपाल भारत सीमाक्षेत्रमा रहेका १ सय ४९ जना नेपाली विहीबार पूर्वी नाका हुँदैं प्रवेश गरेका छन् । नेपालका विभिन्न जिल्लाबाट भारतलगायत अन्य देशमा रोजगार तथा अध्ययनका लागि गएकाहरु काँकरभिट्टा नाका भएर नेपाल फर्केका हुन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार बुधबार आएका समेत गरी २ सय…