सुरुङ्गा । कनकाई नगरपालिका क्षेत्रका एक पत्रकार र साहित्यकार सम्मानित भएका छन् । कनकाई सुरुङ्गा प्रेस क्लवको पाँचौ बार्षिकउत्सवको अवसर पारेर आज सुरुङ्गाको एसपी क्याफेमा आयोजित कार्यक्रममा पत्रकार तीर्थराज खरेल र साहित्यकार गोविन्दप्रसाद घिमिरेलाई नगद ८ हजार एक सयसहित सम्मान गरिएको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्मानितद्धयलाई सम्मान गरेका छन् । पोखरेलले समाज…