गौरीगञ्ज । लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार दिउँसो गौरीगञ्ज गाउँपालिका–२ आपगाछीस्थित दक्षिण आँपगाछीबाट उत्तर बाहुनटोलतर्फ आउँदै गरेको मे १० प ८४३२ नम्बरको स्कुटीलाई गोप्य सूचनाका आधारमा प्रहरी चौकी कोरोबारीबाट खटिएको टोलीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा स्कुटी पछाडि सवार झापा कमल गाउँपालिका–५ बस्ने अन्दाजी ४० वर्षीय सुर्य बहादुर विकको साथबाट…