शनिश्चरे । अर्जुनधारा नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा नगर भेटेरिनरी हस्पिटलले आइतबार देखि गाई–भैंसीलाई खोरेत रोग विरुद्ध खोप लगाइने अभियान शुरु गरिने भएको छ । शाखाद्वारा वडा नम्बर – ९ कटहरडाँडास्थित कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा हस्पिटलका प्रमुख पदमलाल राईले जानकारी गराएका हुन् । राईका अनुसार नगरलाई खोरेत मुक्त बनाउने उद्धेश्यले खोप अभियान सञ्चालन…