‘झापामा कोरोना प्रमाणित भएको होइन’

बिर्तामोड । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको आशङ्कामा उपचारका लागि आइतवार काठमाडौं लगिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमण भएको प्रमाणित भने भएको छैन । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर–७ चन्द्रगढीका ४२ वर्षीय पुरुषलाई प्रारम्भिक जाँच पश्चात कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको…