बिर्तामोड पूर्वको जंगलमा अचम्मको आत्महत्या !

बिर्तामोड । पारिवारिक मनमुटाव भएर केहि महिनादेखि वेवारिसे जीवन विताइरहेका ५२ वर्षीय नन्दकिशोर भेटवाल आज विहान अर्जुनधारा–११ मा झुण्डिरहेको अवस्थामा फेला परेका छन् । शनिवार विहान डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका भेटवाल शारिरीक रुपमा अशक्त थिए । पूर्वपश्चिम राजमार्ग बुट्टाबारी पूर्व जंगल क्षेत्रमा रहेको चौतारीमा झुण्डिएको अवस्थामा फेला परेका भेटवालको मम्मरमुनीको भाग चल्दैन…