अनिल वाग्ले बुधबारे । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की झापाको बुद्धशान्तिमा सोमबार अभिनन्दित भएका छन् । उनलाई जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्र बुद्धशान्तिले अभिनन्दन गरेको हो । चतारामा सम्पन्न कुम्भ मेलामा सरकारका तर्फबाट कुम्भ मेलाको संयोजनकारी भूमिका निर्वाह गरेर मेला सम्पन्न गर्न महत्वपूर्ण योगदान गरेको, राजनीतिक तथा सामाजिक क्रियाकलापमा…