निर्धारित समयमा बिर्तामोड-भद्रपुररोड नबन्दा मेचीकै व्यापार व्यवसायमा असर

झापा– सरकारले निर्धारित समयमा विकास निर्माणका परियोजना सम्पन्न गर्नुपर्ने कडा निर्देशन जारी गर्दै आए पनि निर्माण व्यवसायीले त्यसको ठाडै अवज्ञा गर्न छाडेका छैनन् । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडलाई भद्रपुरसँग जोड्ने महत्वपूर्ण सडक कालोपत्र गर्ने कार्यको ठेक्का लिएको आशिष-प्रेरा जेभी ललितपुरले तोकिएको अवधिमा निर्माणकार्य गर्न सकेको छैन । आशिष-प्रेरा जेभीले बिर्तामोडदेखि गरामनीसम्मको चार किलोमिटर कालोपत्र…