झापा- मेची अस्पतालमा ल्याप्रोस्कोपी विधिद्धारा पित्त थैलीको शल्यक्रिया शुक्रबारबाटसुरु भएको छ। झापाको सरकारी अस्पतालमा पहिलो पटक यो सेवा सञ्चालनमा ल्याइएको हो। यसअघि चिरफार पद्धतिअनुसार शल्यक्रिया गराउँदै आएकोमा शुक्रबारबाट यो विधिमार्फत् बिरामीको शल्यक्रिया गराइने मेची अञ्चल अस्पतालले जनाएको छ। 'दुरबिनको प्रयोग गरी चिरफार गरिने झन्झटका कारण बिरामी निजी अस्पतालतर्फ आकर्षित हुँदै गएका थिए। तर अब मेसिनको प्रयोगबाट…