बिर्तामोड । झापामा ट्राफिक प्रहरीले ड्युटी गर्नेहरुको संख्या क्रमश थप्दै गएको छ । जेन जी आन्दोलनमा अराजक समुहले कार्यालयमा आगजनी गरेपछि ट्राफिक प्रहरी विस्थापित भएका थिए । सडकमा सवारी व्यवस्थापन, चेकजाँचको मुख्य जिम्मेवार निकाय ट्राफिक प्रहरीको उपस्थिति क्रमश बढ्दै गएको हो । आवास, कार्यालय समेतको अभावले पूर्ण रुपमा परिचालन गर्न कठिनाई भइरहेको बताइएको छ ।…