Banner news

ध्रुवकुमार शिवाकोटी निर्दोष ठहर

ध्रुवकुमार शिवाकोटी निर्दोष ठहर


बिर्तामोड । जवरजस्ती करणीको अभियोग लागेका बिर्तामोड नगरपालिकाका पूर्व मेयर धु्रवकुमार शिवाकोटीले सफाई पाएका छन् । झापा जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले शिवाकोटी विरुद्धको मुद्दामा दावी नपुग्ने फैसला सुनाएको छ ।

नेपाल सरकार वादी रहेको शिवाकोटी विरुद्धको सो मुद्दामा निर्दोष ठहर गरेको हो । शिवाकोटी विरुद्ध २०८१ पुस १९ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो ।

झापा जिल्ला अदालतले थुनछेक प्रयोजनका लागि यस अघि गरेको आदेशमा थुनामा पठाउने आदेश गरेको थियो । शिवाकोटीले सो आदेश विरुद्ध गरेको अपिलमा उच्च अदालत इलाम इजलासले धरौटीमा छोड्न आदेश दिएको थियो । आज झापा जिल्ला अदालतले अन्तिम फैसला सुनाउँदै सफाई दिएको छ ।

शिवाकोटीलाई घरेलु कामदारको रूपमा राखिएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।

उक्त घटनामा इलाका प्रहरी कार्यालय अनारमनीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय झापाले अदालतमा मुलुकी अपराध संहिताअन्तरगतको जबरजस्ती करणीसम्बन्धी कसुर र बालबालिका ऐनविपरीतको कसुरमा मुद्दा दर्ता गराएको थियो ।

शेयर गर्नुहोस :

31.8k
Shares