काठमाडाैं, २४ असाेज । सरकारले चिनियाँ राष्ट्रपति सी जिन पिङको स्वागतका लागि आइतबार देशभरि सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको स्रोतले जनाएको छ । चिनियाँ राष्ट्रपति सी…