बिर्तामोड । चाडवाड लक्षित सुरक्षालाई थप मजबुद बनाउन इलाका प्रहरी कार्यालय अनारमनीले नागरिकलाई सचेतना सामग्री बितरण गरिरहेको छ । केहि दिनदेखि इलाका प्रहरी कार्यालय अनारमनीले चाडवाडमा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै माइकिङसँगै पर्चा वितरण गरिरहेको डिएसपी मोहन थापाले जानकारी दिए । उनकै नेतृत्वमा माइकिङसँगै सुरक्षा सचेतना सामग्री वितरण भइरहेको छ । बिर्तामोडको चोक–चोक, बजार क्षेत्र, बसपार्क,…