पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा प्रा शम्भु ढकाल

काठमाडौँ, १९ भदौ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ । संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार मन्त्रीस्तरीय निर्णय गरी समितिको अध्यक्षमा प्रा शम्भुप्रसाद ढकाललाई जिम्मेवारी दिनुभएको हो । यसैगरी समितिका सदस्यमा धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई, ज्योतिषी रतिदेवी श्रेष्ठ र ज्योतिष विषयका उपप्राध्यापक आर्यावर्त पात्रो (पञ्चाङ्ग)…