मुख्य समाचार

झापाको पाँचै क्षेत्रमा नेकपा (माओवादी) को उम्मेदवार सिफारिस

झापाको पाँचै क्षेत्रमा नेकपा (माओवादी) को उम्मेदवार सिफारिस


बिर्तामोड । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (माओवादी) झापाले पाँचै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारुको नाम सिफारिस गरेको छ ।

झापा क्षेत्र नं. १ बाट यादव पौडेल, प्रविण मिश्र, खोम मिश्रको नाम सिफारिस गरिएको छ । यस्तै, झापा क्षेत्र नं. २ बाट अर्जुन पाण्डे, अंकिता आचार्य झापा ३ बाट सन्तोस कटवाल, हुकुम मल्ल र गोली लोहारको नाम सिफारिस भएको छ ।
झापा क्षेत्र नं. ४ बाट ताराबहादुर थापा, कुमार मैनाली, देवी उप्रेती र खेम बुडाथोकीको नाम सिफारिस भएको छ । यस्तै, झापा क्षेत्र नं. ५ बाट सुमनसिंह पौडेल, संजय राई, बिनोद राई, किश्वर बस्नेत र रमेश देउजाको नाम सिफारिस गरिएको छ ।

झापामा देखापरेका संभावना र उम्मेदवारीको विषयमा अझै घनिभुत छलफल चलिरहेको नेकपा (माओवादी) का नेता सुमन सिंले जानकारी दिए । देशभक्त, कम्युनिस्ट, लोकतान्त्रिक र समाजवादी शक्तिसँग देश जोगाउने स्तरमा यो चुनाबी मोर्चालाई कसरी प्रयोग गर्ने भन्ने छलफल चलिरहेको उनको भनाई छ ।

शेयर गर्नुहोस :

35.8k
Shares