बिर्तामोड । नेकपा एमालेको वडा स्तरीय जनजागरण सभा भव्य रुपमा सम्पन्न भएको छ । बिर्तामोडका १० वटैं वडाहरुमा जनजागरणसभा उत्साहपूर्वक सम्पन्न भएको नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार जनजागरणसभाले नेता कार्यकर्ताहरुलाई उत्साहित बनाएको छ । लोकतन्त्रको जगेर्ना, आन्तरिक एकता र भ्रमहरु चिर्नका लागि वडा वडा तहमा अभियान सञ्चालन गरिएको उनको भनाई छ…