काठमाडौं - अण्डमान सागर आसपास विकसित भई हाल बंगालको खाडीमा केन्द्रित रहेको नयाँ मौसमी प्रणालीका कारण नेपालमा वर्षाको सम्भावना बढेको छ। यद्यपि, उक्त प्रणालीले पार्न सक्ने प्रभाव र जोखिमको स्तरबारे अहिले नै यकिन गर्न नसकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार उक्त मौसमी प्रणाली उत्तर-पश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले यसको सूक्ष्म निगरानी…