बिर्तामोड । झापामा आमरण अनसन बसिरहेका जेनजी घाइते विवेक दनुवारलाई काठमाडौं पठाइएको छ । उपचारका लागि काठमाडौं पठाइएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार आजै जहाज मार्फत काठमाडौं पठाइएको हो । भदौं ३० गतेबाट विभिन्न माग राख्दै आमरण अनसन बसेका दनुवारको थप उपचारका लागि काठमाडौं पठाइएको प्रजिअ पोखरेलले जानकारी दिए…